• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

संसदीय समिति सभापति: कांग्रेसबाट आरजु, खतिवडा र चालिसे उम्मेदवार



काठमाडौँ । नेपाली कांग्रेसले तीनवटा संसदीय समिति सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको छ ।

कांग्रेसले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणालाई उम्मेदवार बनाउने भएको छ । समानुपातिक सांसद राणालाई उक्त समितिको सभापतिको उम्मेदवार बनाइने तयारी भएको कांग्रेसका एक सांसदले बताए ।

यस्तै, कांग्रेसले प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र अर्थ समितिको सभापतिमा काठमाडौँ– ३ बाट निर्वाचित सन्तोष चालिसेलाई उम्मेदवार बनाएको छ ।

यसअघि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच भागबण्डा हुँदा कांग्रेसले चार संसदीय समिति सभापति पाउने भनिएको थियो ।