२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास जग्गा प्रकरण: सञ्चारसचिव राउत र गृहका सहसचिव वैद्यविरुद्ध पनि किर्तेमा मुद्दा



अ+ अ-

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउतमाथि किर्ते गरेको मुद्दा चलाइएको छ ।

त्यस्तै गृह मन्त्रालयका सहसचिव सुशील वैद्यमाथि पनि किर्ते मुद्दा चलाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा दर्ता गरेको सूचीमा उहाँहरुको पनि नाम छ ।

सरकारी पदमा हाल बहाल रहेका उहाँहरू नै सबैभन्दा उपल्लो तहका अधिकारी हुनुहुन्छ । सचिव राउतले २०६६ सालमा जग्गाको सट्टाभर्नामा टिप्पणी उठाउनुभएको थियो । त्यही टिप्पणीमार्फत भूमाफियालाई जग्गा दिइएको थियो ।

त्यस्तै सहसचिव वैद्यमाथि मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा किर्ते मुद्दा चलाइएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उहाँलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको थियो । त्यसपछि वैद्यलाई गृह मन्त्रालयमा तानिएको थियो । उहाँ दाङका प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।