२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा गर्न माग गर्दै धरानमा प्रदर्शन -फोटो फिचर



अ+ अ-

सुनसरी । सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाहरुले प्रदर्शन गरेका छन् ।

शनिवार स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तपूर्ण र्‍याली निकालेका विभिन्न हिन्दु संघसंस्थाहरु तरहराको पानीपियामा आन्दोलित भएका हुन् । शुक्रवार मध्यरातिदेखि धरानमा निधेषाज्ञा जारी गरिएको थियो । हिन्दु धर्मावलम्वीहरुको प्रदर्शनलाई निधेषाज्ञा क्षेत्र बाहिरै रोक्न सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्‍यालीमा हजारौं सर्वसाधारण सहभागी भएका थिए ।

धार्मिक अभियन्ता तथा राधिका फाउन्डेसन , संरक्षक एबं संस्थापक अध्यक्ष राधिका दासीका अनुसार विराटनगरबाट इटहरी हिडेका २७ वटा गाडीलाई प्रशासनले बाटो मै रोकिदिएको यो । झापाका दर्जन भन्दा बढी गाडी चारपाने लगायत सुरुङ्गा क्षेत्र तिरै रोकिदियो । धनकुटा तिर बाट आएका तीन दर्जन भन्दा बढी गाडीहरु धरान प्रवेश गर्न दिइएन । फेरी पनि बिस हजार भन्दा बढी ओमकार परिवारलाई मान्नेहरु आज इटहरीमा स्वधर्म रक्षा र गौ माता को रक्षार्थ आवाज बुलन्द गर्दै सडक मा उत्रिएका थिए ।

धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेर भोज गरिएको बिरोधमा आन्दोलन चर्किएको हो । हिन्दु धर्मावलम्वीहरुले गाई, गोरुलाई आस्थाले पूजा गर्ने गर्दछन् । एक धर्मावलम्वीहरुले अर्को धर्मावलम्वीहरुको आस्थाको केन्द्रमाथि प्रहार गरेको भन्दै कोशी प्रदेशमा यतिबेला आन्दोलन चर्किंदै गएको छ ।

 

 

फोटो -राधिका दासीको फेसबुकबाट




भर्खरै