२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समुन्द्रमा परमाणु दुषित पानी फालेको भन्दै जापानबिरुद्ध फिजीका नागरिकद्वारा विरोध जुलुस



अ+ अ-

एजेन्सी । जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फालेकोबारे फिजीका नागरिकहरुले विरोध जनाएका छन् ।

शुक्रवार उनीहरुले देशको सुभास्थित सडकमा नारा लगाउँदै बिरोध जुलुस निकालेका हुन् । फिजी गैर सरकारी संगठन कोलिशन अन ह्युमन राइट्सको नेतृत्वमा प्रदर्शनकारीहरुले समुन्द्र र भावी पुस्ताको रक्षा गर्न टोकियोको कदम रोक्न अन्तर्राष्ट्रिय स्तले कारबाही गर्नुपर्ने बताए । उनीहरुले यो मानिसहरुको लागि अपमान भएको बताए । प्रशान्त महासगरसँग जोडिने देशहरु साना भएपनि सबै देशका मानिस समान हुने र जापानको यो कदम डरलाग्दो रहेको बताए ।

त्यस्तै भविष्यका पुस्ताका लागि गठबन्धनका सह संस्थापक लभेतानालागी सेरुले प्रशान्त क्षेत्रमा आणविक परीक्षणको इतिहास रहेको र मार्शल टापुका मानिसहरु अझैपनि आणविक प्रदुषणसँग जुधिरहेको बताउनु भयो । उहाँले मार्शल टापुले सन् १९४६ देखि १९५८ सम्म संयुक्त राज्य अमेरिकाद्वारा सञ्चालित ६७ आणविक बम परीक्षणको प्रभाव झेलिरहेको छ ।

कार्यक्रमकी सहआयोजक नोएलेन नाबुलिभोले प्यासिफिक नजेताहरु र विश्वका सबै देशहरुले आफूहरुको आवाज सुनेर जापानको कदम रोक्ने विश्वास व्यक्त गर्नुभयो ।

जापानले गत बिहीवार १ बजेबाट फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल प्रशान्त महासागरमा फाल्न शुरु गरेको थियो ।