६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच किलो चाँदी कम्मरमा बाँधेर ल्याइएको अवस्थामा भारतीय नागरिक पक्राउ



अ+ अ-

सिरहा । प्रहरीले कम्मरमा बाँधेर ल्याइएको पाँच किलो चाँदीको गरगहनासहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ ।

भारत मधुबनी बरहमपुरा–३ बस्ने ५२ वर्षीय विश्वनाथ साहलाई प्रहरीले भगवानपुर गाउँपालिका- ४ ठाडीबाट गरगहनासहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा कम्मरमा बाँधी ल्याएको अवस्थामा गरगहनासहित पक्राउ गरिएको प्रहरी चौकी ठाडीले जनाएको छ ।

प्रहरीले यस बारे थप अनुसन्धान गरिरहेको छ ।