२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनिया नृत्य प्रतियोगितामा प्रथम भएको बेबिलोनलाई शिक्षामन्त्री राईबाट पुरस्कार प्रदान



अ+ अ-

काठमाण्डौ । नेपालस्थित चिनिया राजदूतावासको आयोजनामा आयोजित नवौं काठमाण्डौ उपत्यकाव्यापी चिनिया नृत्य प्रतियोगितामा बेबिलोन नेशनल स्कुल शान्तिनगर पहिलो भएको छ ।

उपत्यकाका ५४ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएको सो प्रतियोगितामा बेबिलोन स्कुलका छात्राहरु रोशनी राई, निनाङ्गमा राई र रिस्ता दाहालले चिनियाँ भाषाको गीतमा नृत्य गरेका थिए । हात्तिगौंडास्थित युरो स्कुलमा फाइनल प्रतियोगिता भएको थियो ।

चिनिया भाषा अध्यापन हुँदै आएका राजधानीका विद्यालयका विद्यार्थीवीच सो प्रतियोगिता आयोजना गरिएको हो ।

चिन सरकारको शिक्षा मन्त्रालय अन्र्तगतको चाइनिज ल्याङ्गवेज एजुकेशन सेन्टरको समन्वयमा भएको सो नृत्य प्रतियोगिताका विजयी विद्यालय र विद्यार्थीलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राई र नेपालका लागि चिनिया राजदूत चेन सोङ्गले ट्रफि, पदक र प्रमाणपत्र वितरण गरे ।

राजधानीको होटेल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहमा मन्त्री राई तथा राजदूत सोङ्गले संयुक्तरुपमा पुरस्कार वितरण गरेका थिए भने बेबिलोन स्कुलमा चिनिया भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुले चिनिया गीत प्रस्तुत गरेका थिए ।

आफ्नो बिद्यालयले चिनिया नृत्य प्रतियोगितामा पहिलो भएर पुरस्कार जितेको अवसरमा बेबिलोन नेशनल स्कुलले विद्यालयमा बिहीबार एक कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा चिनिया शिक्षा मन्त्रालय अन्र्तगतको चाइनिज ल्याङ्गवेज एजुकेशन सेन्टरका चिनिया भाषा स्यवम्सेवक शिक्षक सुपरभाइजरद्वय लिउ युन्हाई र लियन ताइसोङ्गले बेबिलोन स्कुलले जितेको ट्रफि, पदक र प्रमाणपत्र विद्यालय र विजयी विद्यार्थीलाई हस्तान्तरण गर्दै विद्यालय र विद्यार्थीलाई वधाई समेत दिए ।

बेबिलोन स्कुलमा विगत ९ वर्षदेखि चिनिया स्वयमसेवक शिक्षकहरुबाट विद्यार्थीलाई चिनिया भाषा अध्यापन गराइँदै आएको शिक्षिका अनिता सिग्देलले बताइन् ।