१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सावित्राको टोली एथेना कपको फाइनल पुग्नबाट बन्चित



अ+ अ-

काठमाडौं । नेपाली महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना क्लब इजरायलको एथेना कपको फाइनल पुग्नबाट बन्चित भएको छ ।

विहीबार राती भएको सेमिफाइनल खेलमा च्याम्पियन किर्यात गातसँग ३-० ले पराजित हुदै फाईनलको यात्रा टुङ्गिएको हो ।

पछिल्लो खेलमा भने रानानाले राम्रो प्रदर्शन गरेको थियो । यसअघि रानानाको लागि सावित्राले १ गोल र १ असिस्ट गर्दै टोलीलाई २-० को जित दिलाएकी थिइन् ।

एथेना कपको फाइनलमा अब किर्यात गात र हापोएल जेरुसलम खेल्नेछन् ।