८ आश्विन २०८१, मंगलवार
,
Latest
झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत: आईएमएफ चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ तल अधिकार नदिने हो भने संघीयता हटाइदिए हुन्छ: डा. शेखर कोईराला कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द आईसीसी विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग खेल्दै विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै एसियन सिनियर करातेमा रजत पदक जितेकी एरिकाको भव्य स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार



अ+ अ-

झापा ।  सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई आज साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् ।

झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए । तीन जना युवा सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार घाइते प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको छ । बिर्तामोडको बिएण्डसी अस्पतालमा उहाँको उपचार भइरहेको छ । प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ । आक्रमणमा संलग्न युवा मादकपदार्थ सेवन गरेर लठ्ठ भई मोटरसाइकलमा सवार रहेको प्रहरीको भनाइ छ । रासस