१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीय आन्दोलित



अ+ अ-

जनकपुरधाम । जनकपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

जनकपुरधामको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी स्कुलको बा २ क १५३६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ८ प ९२६७ मोटरसाइकललाई ठक्कर दिँदा जलेश्वर नगरपालिका ९ बस्ने ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलिपकुमार गिरीको अनुसार बसको ठक्करबाट घाइते भएका यादवको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

उनको मृत्युपछि स्थानीय बासिन्दाले बस चालकलाई पक्राउ गरी कारबाही अघि बढाउन प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले दिउँसो १ बजेदेखि जनकपुर-जलेश्वर सडक बन्द गराएर टायर बालेर प्रदर्शन गरिरहेका छन् । दुर्घटनापछि बसका चालक भने फरार रहेका छन् ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको छ ।