३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीय आन्दोलित



अ+ अ-

जनकपुरधाम । जनकपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

जनकपुरधामको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी स्कुलको बा २ क १५३६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ८ प ९२६७ मोटरसाइकललाई ठक्कर दिँदा जलेश्वर नगरपालिका ९ बस्ने ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलिपकुमार गिरीको अनुसार बसको ठक्करबाट घाइते भएका यादवको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

उनको मृत्युपछि स्थानीय बासिन्दाले बस चालकलाई पक्राउ गरी कारबाही अघि बढाउन प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले दिउँसो १ बजेदेखि जनकपुर-जलेश्वर सडक बन्द गराएर टायर बालेर प्रदर्शन गरिरहेका छन् । दुर्घटनापछि बसका चालक भने फरार रहेका छन् ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको छ ।