२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकाको सञ्चार रजिष्ट्रारमा काफ्ले नियुक्त



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको ‘सञ्चार रजिस्ट्रार’ मा महेश काफ्ले नियुक्त हुनुभएको छ ।

सञ्चार, सूचना तथा तथ्यांक व्यवस्थापनलाई व्यवस्थित गर्न बनेको ‘सञ्चार तथा सूचना ऐन २०८०’ को दफा १८ बमोजिम उहाँलाई सञ्चार रजिस्ट्रार पदमा नियुक्त गरिएको हो। यस दफामा सूचना प्रविधि विभागका प्रमुख सञ्चार रजिस्ट्रार हुने व्यवस्था गरिएको छ।

उहाँ सूचना प्रविधि विभागको प्रमुखमा सरुवा भएर आएका हुन्। विभागीय प्रमुखसँगै रजिष्ट्रारको कार्य जिम्मेवारी सम्हाल्नुहुने काफ्लेले बुधबार नै पदबहाली गर्नुभएको छ । यसअघि उहाँ सार्वजनिक निजी साझेदारी एकाइमा हुनुहुन्थ्यो । महानगरपालिकाको तथ्यांक र सूचना प्रविधि व्यवस्थापन, वेबसाइट, सामाजिक सञ्जाल, इमेल व्यवस्थापन, अनुगमन तथा नियमन गर्ने, महानगरपालिकाको सञ्चार प्रतिष्ठानको सदस्य सचिवका रुपमा काम गर्ने, सञ्चार रजिस्ट्रारको जिम्मेवारीमा तोकिएका जिम्मेवारी पूरा गर्ने गराउने रजिस्ट्रारका मुख्य काम हुन्।

नेपालको संविधानको धारा २२६ (१) को व्यवस्थाबमोजिम अनुसूची ८ र ९ मा रहेको अधिकार बाँडफाँडको सूचीमा उल्लेख भएको सञ्चारसम्बन्धी अधिकारको प्रयोग गर्न महानगरपालिकाको २०८० असारमा सम्पन्न नगर सभाको १३ औँ अधिवेशनबाट ऐन जारी भएको हो।