१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी विद्रोहको नेतृत्व गरेका येवगेनी प्रिगोजिन विमान दुर्घटनामा मारिएको आशंका



अ+ अ-

एजेन्सी । रूसको संस्थापनविरूद्ध विद्रोह गरेको सैन्य कम्पनी ‘वागनरु समूह’ का प्रमुख येवगेनी प्रिगोजिन विमान दुर्घटनामा मारिएको आशंका गरिएको छ ।

रूसको राजधानी मस्कोबाट सेन्ट पिटर्सबर्ग गइरहेको एउटा जहाज बुधबार राति दुर्घटनाग्रस्त भएको र त्यसमा येवगेनी प्रिगोजिन पनि सवार रहेको रूसी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

दुर्घटनाग्रस्त जहाजमा प्रिगोजिनसहित सात जना यात्रु र चालक दलका तीन जना सदस्य सवार रहेका प्राधिकरणले जनाएको छ । जहाज करिब आधा घन्टा उडेपछि जमिनमा खसेको र आगो लागेको बिबिसीले लेखेको छ । दुर्घटनाग्रस्त जहाजबाट अहिलेसम्म चार जनाको शव निकालिएको बताईएकाो छ ।

रूसका लागि युक्रेनसँग लडिरहेको वागनर समूहका प्रमुख प्रिगोजिनले गत असार महिनामा रूसकै विरूद्ध हतियार उठाएका थिए । उनले रूसको रोस्तोव सहरका सैन्य क्षेत्र र भरोनेजमा रहेको सैन्य क्षेत्र नियन्त्रणमा लिएका थिए । त्यसपछि उनको वागनर समूह रोस्तोवबाट मस्को पुगेका थिए ।

पछि प्रिगोजिनले बेलारूसका राष्ट्रपति लुकाशेन्कोसँग वार्ता गरे र उनकै अनुरोधमा बीचबाटै आधारशिविर फर्किएका थिए । लुकाशेन्कोकै मध्यस्थतामा प्रिगोजिनले विद्रोह रोकेर बेलारूसमा शरण लिएका थिए ।

उनी पुटिन जन्मिएको सहर सेन्ट पिटर्सबर्गका हुन् । चोरी मुद्दामा केही समय जेलसमेत बसेका उनले सेन्ट पिटर्सबर्गमा ‘हट डग’ बेच्ने काम गर्थे । केही वर्षमै व्यापार राम्रो हुन थालेपछि उनले महंगा रेष्टुरेन्टसमेत खोलेका बिबिसीले जनाएको छ ।

पछि उनको केटरिङ कम्पनीले राष्ट्रपति भवनमा खाना सप्लाई गर्न थालेको थियो । यही कारणले प्रिगोजिनलाई पुटिनको सेफको नाम दिइएको थियो।

पहिलोपटक सन् २०१४मा पहिचान भएको वागनर समूहलाई वर्षौंसम्म रूस सरकारले स्विकारेको थिएन । तर सन् २०२२ जुलाई २७ मा पूर्वी युक्रेनमा रूसका लागि लडिरहेको क्रेमलिनले स्वीकार गरेको थियो ।