६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपतिद्वारा धादिङ बस दुर्घटनाप्रति दु:ख व्यक्त



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

आज काठमाडौँबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ को राजमार्गबाट त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अमूल्य जीवन गुमाउनुहुने यात्रु महानुभावहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँले मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दै नेपालमा बढ्दो यातायात दुर्घटनाबाट मानव जिवनको रक्षाको लागि सम्बन्धित सबैको पक्षको ध्यानाकर्षणको समेत गराउनु भएको छ ।