२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रयान–३ को सफल अवतरणमा पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतलाई बधाई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले भारतको चन्द्रयान–३ मिशन सफल भएकोमा भारतीय प्रधानमन्त्री र भारतबासीहरुलाई बधाई दिनु भएको छ ।

भारतले चन्द्रयान–३ को विक्रम ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्दै इतिहास रचेको छ । यसै खुसीयालीमा पूर्वराष्ट्रपति भण्डारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ,वैज्ञानिक र भारतबासीलाई बधाई दिनु भएको हो ।

भण्डारीले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

चन्द्र यान – ३ ले चन्द्रमाको दक्षिणी ध्रुव (South pole) मा आज अवतरण गरेर हाम्रो मित्रराष्ट्र भारतले ऐतिहासिक सफलता हासिल गरेको छ । यस मिसनको सफलताका लागि ISRO का वैज्ञानिक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र समस्त भारतीय जनता सबैलाई हार्दिक बधाई दिन चाहान्छु । मित्रराष्ट्रको ऐतिहासिक सफलतामा नेपाल र सम्पूर्ण नेपाली जनता पनि अत्यन्त हर्षित छौं । @PMOIndia @narendramodi @isro @narendramodi_in