• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने

सरकारको सुशासन आफ्ना मान्छे परेपछि सुस्तायोः सभापति लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको भनिएका पूर्वप्रधानमन्त्रीहरुलाई सरकारले छानबिनको दायरामा नल्याएको भन्दै आपत्ति जनाउनुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारको सुशासन आफ्ना पार्टीका मानिसहरु नपरुन्जेलमात्रै सिमित रहेको बताउनु भयो । आफ्ना मान्छेहरु पर्न थालेपछि सुनपानी छर्केर चोख्याउने काम भएको उहाँको आरोप थियो । उहाँले सुन प्रकरणमा सत्तारुढ दलका नेताहरुको नाम आउने बित्तिकै सरकार सुस्ताएको बताउनु भयो । उहाँले सरकारको सुशासन आफ्नो ढोकासम्म आउनेमा मात्रै सिमित रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शंकको सुविधा दिइरहँदा सरकारले भनिरहेको सुशासन कहाँसम्मको सुशासन हो ? आफ्नो ढोकासम्म त्यो आरोप नआइपुग्दासम्मको सुशासनको कुरा हो की साँच्चिकै सुशासनको कुरा हो ? भूटानी शरणार्थी प्रकरणमा जतिपनि प्रहरी अधिकारी काम गरिरहेका थिए, तिनको सरुवा भयो । यो सुशासनको यो प्रमाण पर्याप्त छैन र सरकारमाथि शंका गर्न ? ललितानिवास प्रकरणमा नम्बरी जग्गा लिएका, मालपोतमा कागज पत्र सबै हेरेका, पैसा दिएर किनेका मानिसहरु र कर्मचारीहरु जहाजको सिटबाट समातेर थुनिए, निर्णयकर्तालाई सुनपानी छर्किएजसरी चोख्याएर पठाइयो । सरकारको सुशासन यही हो र ? सरकारले भनेको सुशासन यही हो । सुन प्रकरणमा सत्तारुढ दलका नेताहरुको नाम आउने बित्तिकै सरकार सुस्तायो । सरकारले भन्न खोजेको प्रकरण, दिन खोजेको सुशासन यही हो ? छानबिन समितिको कुराकानी आएको छ । ठिक छ, समिति बन्ला तर विगतमा गरेका समितिहरुले के गरे ? यो स्पष्ट छ ।’

सभापति लामिछानेले फरेन्सिक ल्याबबाट सुन प्रकरणमा पक्राउ परेका दावा लामाको फोन रेकर्ड संसदीय समिति र संसदले हेर्न पाउनुपर्ने माग गर्नुभयो ।