• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पार्टी विभाजनमा प्रधानमन्त्रीको हात रहेको जसपा नेपालको आरोप ★   जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता: प्रधानमन्त्रीले पार्टी फुटाएको आरोप ★   सभामुखद्वारा सदन खुलाउन छलफल ★   सडक दुर्घटनामा कन्नड टेलिभिजन अभिनेत्रीको मृत्यु ★   कालिका मन्दिरको इतिहास समेटिँदै ★   निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादव सर्वोच्चमा ★   हिक्मत कार्कीलाई विश्वासको मत ★   कोशीका मुख्यमन्त्री हिक्मतले पाए विश्वासको मत ★   जितले मात्रै आरसीबीलाई प्लेअफमा पुर्‍याउँदैन, ‘डु प्लेसिस ग्याङ’लाई भाग्यको साथ चाहिन्छ ★   अशोक राई नेतृत्वको जसपा सरकारमा जाने, यी ३ बन्नेछन् मन्त्री

इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला



symbolic photo

एजेन्सी । इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ फेला परेको छ ।

मंगलवार दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी.५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो ।

मन्त्रालयका अनुसार संक्रमित दुई जनामै सामान्य लक्षण देखिएको छ । उनीहरुलाई कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएसँगै अन्य नागरिकहरुलाई बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको छ । श्वासप्रश्वास सम्बन्धी रोगको पहिचानको लागि देशभरका ४५० अस्पतालहरुले पठाएको रिपोर्ट चेकजाँच गर्दा दुई जनामाथि नयाँ भेरियन्ट पुष्टि भएको हो ।

इजी.५ ओमिक्रोन भेरियन्टको अंश हो । यसको पहिलो केस फेब्रुअरिमा पुष्टि भएको थियो । अगस्ट ९ मा विश्वस्वास्थ्य संगठनले इजी.५ लाई ओमिक्रोनको अर्को प्रकारको रुपमा वर्गीकरण गरेको थियो ।