• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

रास्वपा सभापति र अमेरिकी राजदूतबीच भेटवार्ता



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालस्थित अमेरिकी राजदूत डिन आर थम्पसनबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।

रास्वपा कार्यालय वनस्थलीमा भएको भेटमा मुख्यतया नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको थियो रास्वपाले बताएको छ ।

भेटमा भेटमा नेपालीले दिनहुँ भोगिरहेका भिसासम्बन्धी समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदूतावसको उच्च प्राथमिकतामा रहेको राजदूत थम्पसनले जानकारी गराउनुभएको थियो ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य श्री प्रतिभा रावललगायतको सहभागिता रहेको थियो ।