काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिइसकेको अवस्थामा एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
नापी कार्यालय लहान, सिरहामा अमिन दीपरञ्जन यादवलाई सेवग्राहीसँग जग्गाधनी प्रमाणपत्र बनाउने प्रयोजनका लागि १० हजार घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार थप अनुसन्धान भइरहेको छ ।