१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा कुवेतलाई ९० रनको लक्ष्य



अ+ अ-

काठमाडौं । महिला टि–२० आई सिरीजको दोस्रो खेलमा नेपालले कुवेतलाई ९० रनको मध्यम लक्ष्य दिएको छ ।

बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनायो । नेपालको लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । काजोल श्रेष्ठ १९ रनमा अविजित रहँदा विन्दु रावल २० रन बनाईन ।

यस्तै, ओपनर पुजा महतो शून्य रनमा आउट हुँदा सम्झना खड्काले १ रनमा विकेट गुमाईन् ।अनुभवी ब्याटर सीता रानामगर ७, कप्तान रुविना क्षेत्री बेलबासे ५, कविता जोशी २ र कविता कुँवर डक आउट भइन् ।

कुवेतकी महियम हैदरले ४ विकेट लिइन् । मर्याम ओमारले २ विकेट लिइन् भने प्रियादा मुराली र खादिजा खालिलले एक एक विकेट लिइन् ।