७ श्रावण २०८३, बिहीबार
,
Latest
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटलीमा गर्मी बढ्दै: ४० डिग्रि सेल्सियस तापक्रम पुग्ने चेतावनी



अ+ अ-

एजेन्सी । इटलीका २७ ठूला शहरमध्ये १७ शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको छ ।

उक्त शहरमा यस वर्षकै तेस्रो धेरै गर्मीको रेकर्ड कायम भएको हो । इटालीमा दुई वर्ष यता गर्मीका कारण जनजीवन प्रभावित बनिरहेको बताइएको छ । गत जुलाइमा २७ शहरमध्ये २० वटा शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको थियो ।

आजसम्म बोलोग्ना, फ्लोरेन्स, मिलान, नेपल्स, रोम र टुरिनमा अत्याधिक गर्मी हुने बताइएको छ । साथै सोमवारसम्म एक दर्जन बढी शहरलाई रेड अलर्टमा राखिएको थियो । देशका मध्य र दक्षिणी भागका शहरको तापक्रम आगामी दिनमा ४० डिग्रि सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । जुन महिना यता यो ते्रो पटक यति धेरै तापक्रम बढेको हो ।

इटलीको मुख्य कृषि युनियन कोल्डिरेट्टीले सोमवार यो वर्ष इटलीमा अझै गर्मी बढ्ने चेतावनी दिएको थियो । सन् २०२२ मा भने यो भन्दा धेरै गर्मीको लहरहरु चलेको थियो । तर यस वर्षका गर्मीका लहरहरु छोटो समयका लागि मात्रै छन् ।

गत जुलाइ महिनामा इटलीमा इतिहासकै सबैभन्दा बढी गर्मी भएको थियो ।




भर्खरै