• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड

विश्वकप विजेता स्पेनिस महिला टिमलाई मड्रिडमा भव्य स्वागत



एजेन्सी । विश्वकप विजेता स्पेनिस महिला विश्वकप टोलीलाई मड्रिडमा भव्य स्वागत गरिएको छ ।

विश्वकप विजेता भइ घर फर्किएका उनीहरुलाई मड्रिडमा भव्य स्वागत गरिएको हो । उनीहरुलाई राजधानीमा हजारौँ समर्थक तथा शुभचिन्तकहरुले स्वागत गर्दै हौसला प्रदान गरेका थिए ।

ओल्गा कार्मोनाले २९ औं मिनेटमा गरेको गोलमा इंग्ल्याण्डलाई १–० ले हराउँदै फाइनलको उपाधि जितेको थियो । मड्रिडमा विश्वकपकी गोलकर्ता कार्मोनाको लागि विशेष समर्थन भएको थियो ।

उनलाई विश्वकप खेलिसकेपछि मात्रै बुबाको मृत्यको खबर दिइएको थियो । उनको बुबाको मृत्यु विश्वकपको दिन आईतवार खेल शुरु हुनुभन्दा केही समय अघि मात्रै भएको थियो ।