१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

कूटनीतिक बहिष्कारका बीच बेइजिङ शीतकालीन ओलम्पिक प्रतियोगिता

कूटनीतिक बहिष्कारका बीच बेइजिङ शीतकालीन ओलम्पिक प्रतियोगिता
अ अ+ अ-

काठमाडौँ । खेलकूदको संसारमा ओलम्पिक खेल सबैभन्दा ठूलो खेल प्रतियोगिता हो। यसैले त ओलम्पिक खेललाई खेलकूदको महाकुम्भ भनिन्छ । प्रतियोगिता प्रत्येक चार वर्षमा आयोजना गरिन्छ। यसपालिको शीतकालीन ओलम्पिक प्रतियोगिता बेइजिङमा भइरहेको छ । 

ओलम्पिक खेलको प्रतियोगिताले विश्वलाई एकताबद्ध गर्न र विश्व शान्ति स्थापना गर्ने काम गर्छ। यद्यपि अहिले बेइजिङमा चलिरहेको ओलम्पिक प्रतियोगिताले सो भावनालाई प्रतिबिम्वित गरेको छैन ।

चीनले मानव अधिकार उल्लङ्घन गरेको भन्दै केही मुलुकले ओलम्पिक प्रतियोगितामा कूटनीतिक बहिष्कार गरेका छन् । कूटनीतिक बहिष्कारको नेतृत्व अमेरिकाले गरेको छ जसलाई केही पश्चिमा मुलुकले अनुसरण गरेका छन् ।

केही मुलुकले भने कूटनीतिक वहिष्कार भन्न नसके पनि कोभिड–१९ महामारीका कारण देखाउँदै प्रतियोगिता बहिष्कार गरेका छन् । 

अमेरिकाले सिनजियाङ प्रान्तमा मुस्लिम जनसङ्ख्याविरुद्ध चीनले गरेको मानव अधिकार उल्लङ्घन र अत्याचारका कारण बेइजिङ ओलम्पिक बहिष्कार गरेको बताएको छ । 

कूटनीतिक बहिष्कारको अर्थ खेलाडीहरुले प्रतियोगितामा भाग लिए पनि उच्च अधिकारीहरुले भाग नलिनु हो ।

अमेरिकासँगै भारत, अष्ट्रेलिया, लिथुआनिया, कोसोभो, बेल्जियम, डेनमार्क र इस्टोनिया, बेलायत र क्यानडाले कूटनीतिक बहिष्कारको घोषणा गरेका छन् । उनीहरु सबैले खेलाडी पठाएका छन् तर कुनै पनि मन्त्री वा अधिकारी उपस्थित छैनन् ।

“चिनियाँ सरकारले उइघुर क्षेत्र तथा तिब्बतमा औद्योगिक स्तरमा मानवअधिकार उल्लङ्घन गरेको छ र ताइवानको हवाई क्षेत्रमा लगभग दैनिक सैन्य घुसपैठ गरेको छ”, चीनमा अन्तर–संसदीय गठबन्धनको प्रतिनिधित्व गर्ने बेलायती सांसद इयान डङ्कन स्मिथले भने, “हामी चीनको निरङ्कुश शासनलाई कुनै वैधता दिन सक्दैनौँ।”

दुई मुलुकको सीमामा सेनाहरुबीच भएको घातक झडपमा संलग्न चिनियाँ सेनाका एक अधिकारीलाई ओलम्पिक टर्च बोक्न लगाएको भन्दै भारतले कूटनीतिक बहिष्कारको घोषणा गरेको छ । 

जापानले पनि खेलकुदमा मन्त्रीहरू नपठाए पनि ओलम्पिक अधिकारीहरू पठाएको छ । 

न्युजिल्याण्ड, अस्ट्रिया, स्लोभेनिया, स्वीडेन र नेदरल्याण्ड्सले कोभिडको कारण देखाउँदै सरकारी प्रतिनिधिहरू पठाएनन् ।

फ्रान्सले बहिष्कारको विरोध गर्दै आएको छ। राष्ट्रपति म्याक्रोनले भने, “मलाई लाग्दैन कि हामीले यी विषयहरूलाई राजनीतिकरण गर्नुपर्छ ।”

बेइजिङ खेलको विरोधमा विश्वभर मानवअधिकारकर्मीहरूले विरोध प्रदर्शन पनि गरेका छन्।

तर ओलम्पिक खेलको बहिष्कारको फैसला सफल साबित नभएको इतिहासले नै देखाएको छ । 

सन् १९५६ मा हङ्गेरीमा सोभियत आक्रमणको विरोधमा स्पेन, स्विट्जरल्याण्ड र नेदरल्याण्ड्सले ओलम्पिक बहिष्कार गरेको विश्वले देखिसकेको छ । जबकि रुसी आक्रमणको भूराजनीतिक प्रभाव सानो थियो।

सन् १९७९ मा तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले अफगानिस्तानमा सोभियत आक्रमणको विरोधमा १९८० मस्को ओलम्पिक बहिष्कार गरेका थिए ।

तर त्यतिबेला अमेरिकाका अधिकांश युरोपेली सहयोगीहरूले महाशक्ति राष्ट्रलाई समर्थन गरेनन्। अमेरिकी बहिष्कारको बेफाइदा के भयो भने यसका खेलाडीहरू स्वर्ण, रजत र कांस्य पदक जित्नबाट वञ्चित भए।

अमेरिकाले सोभियत सङ्घलाई अफगानिस्तानबाट फिर्ता हुने समयसीमा तोकेको थियो तर मस्कोले त्यसलाई वास्ता गरेन। अमेरिकाको जवाफमा सोभियत सङ्घले एक दर्जनभन्दा बढी देशसँग मिलेर सन् १९८४ को लस एन्जलस ओलम्पिक बहिष्कार गरेको थियो।

अर्कोतर्फ चीनले कोभिड–१९ का बीचमा ओलम्पिक आयोजना गर्न कडा प्रक्रियागत कडाइ लागु गरेको छ । ओलम्पिकमा कोष, आयोजक र खेलाडीलाई सङ्क्रमणको जोखिमबाट टाढा राखेको छ।

सोभियत सङ्घपछि अर्को शक्तिशाली कम्युनिष्ट राष्ट्र अमेरिकाको निशानामा हुनु संयोग हो । चिनियाँ टेनिस स्टार पेङ शुआईले पूर्व चिनियाँ अधिकारीलाई यौन दुर्व्यवहारको आरोप लगाएपछि अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गर्ने निर्णय गरेको हो ।

पेङ शुआईको गुनासो तुरुन्तै इन्टरनेटबाट हटाइयो र उनी गायब भइन् । विश्वभरका खेलाडीहरूले ‘व्हेयर इज पेङ शुआइ’ शीर्षकको अभियान सुरु गरे । पेङ शुआई पछि केही भिडियोहरूमा देखिइन् जुन त्यहाँको राज्य मिडियासँग सम्बन्धित पत्रकारहरूले ट्विटरमा साझा गरेका थिए।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पेङ शुआइलाई दुई पटक फोन गरेको बताएको छ तर मानिसहरूले उनी कत्तिको स्वतन्त्ररूपमा बोल्न सक्थिन् भन्ने शङ्का व्यक्त गरेका छन् । 

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कारको कारण बनाएको स्पष्ट छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले केही देशले बहिष्कार गरे पनि शीतकालीन ओलम्पिकमा कुनै असर नपर्ने बताएको छ । 

तर यो निश्चित छ कि अमेरिकाको कूटनीतिक बहिष्कारको निर्णयले अमेरिका र चीन बीचको खाडललाई अझ गहिरो बनाउनेछ । कसलाई थाहा छ, प्रतिक्रियामा बेइजिङले सन् २०२८ मा मेक्सिको सिटीमा ग्रीष्मकालीन ओलम्पिक बहिष्कार गर्ने निर्णय गर्न सक्छ ।

अमेरिका र अन्य केही देशको बहिष्कारको आह्वानले चीनमा जारी शीतकालीन ओलम्पिक खेलकुदमा खासै प्रभाव नपर्न सक्छ तर अमेरिका र चीनबीचको तिक्त प्रतिद्वन्द्वीको पृष्ठभूमिमा भएको यो निर्णयले दुई देशबीचको सम्बन्धमा असर गरेको कुरालाई नकार्न मिल्दैन ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले बहिष्कारको आह्वानलाई प्रभावकारी ठान्दैन भने पनि यसले मानवअधिकारको मोर्चामा चीनको पहिलेदेखि नै खराब छविलाई धमिलो पार्छ भने अचम्मको कुरा होइन। एजेन्सीको सहयोगमा