• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

महिला टि–२० आई: नेपाल र कुवेत भिड्दै



काठमाडौं । चार देश सम्मिलित महिला टि–२० आई सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतसँग खेल्दैछ ।मलेसियाको बायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार ११ : ४५ बजेबाट सुरु हुनेछ ।

नेपाल आजको खेल जिते फाइनलमा जाने सम्भावना रहेको छ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । पहिलो खेलमा हङकङलाई हराउन स्पिनर सीता रानामगरले पाँच विकेट लिएकी थिइन् ।

यता, कुवेत भने पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो ।

चार देश सम्मिलित सिरिजमा कुवेत, हङकङ, मलेसिया र नेपाल छन् । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । शीर्ष दुईमा रहन सके नेपालले शनिबार फाइनल खेल्नेछ ।

नेपालको टोली:

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।