• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि, नेताहरूले धारणा राख्ने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । मंगलबारबाट सुरु भएको छैटौँ बैठक ललितपुरको बालकुमारीमा बिहान ८ बजे बाट सुरु हुनेछ ।

बैठकमा प्रस्तुत भएका विभिन्न प्रतिवेदनमा आज पनि छलफल जारी रहेको छ । हिजोको बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश गरिएको थियो ।

यस्तै, पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख गरिएको छ । साथै, नेपालले नेकपा (एमाले) बाट अलग हुनुको औचित्य पुष्टि भएको बताएका थिए ।

यस्तै, सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरेका थिए ।

आजको बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा धारणा राख्नेछन् ।