५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१९ कुमारीपाटी बस्ने २९ वर्षीय तुफान केसी रहेका छन् । केसीलाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले काठमाडौँबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कठायत जानकारी दिनुभयो ।

उहाँका अनुसार फेसबुक म्यासेन्जरमा आएको भिडियो कल चिनजानकै व्यक्तिको भनी रिसिभ गर्दा अश्लीलता प्रदर्शन गरेको र यस्ता गतिविधि नगर्न आग्रह गर्दा पीडितकै फेसबुकमा पोष्ट गरेका तस्बिरमा अश्लील र अपमानजनक शब्द प्रयोग गरी चरित्रहत्या गरेको उजुरीको आधारमा साइबर ब्यूरोले पक्राउ गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा केसीको संलग्नता खुल्न आएको प्रहरीको दाबी छ । पक्राउ परेका केसी उपर विद्युतीय कारोबार ऐन, २०६३ अपराधअन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ । रासस