२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटसल जितेको बेबिलोन स्कुललाई ट्रफि र पदक वितरण



अ+ अ-

काठमाण्डौ । म्युचल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)द्वारा माफका सदस्य १६ विद्यालयवीच आयोजना गरिएको फुटसल प्रतियोगितामा विजयी भएको शान्तिनगरको बेबिलोन नेशनल स्कुल र विजयी विद्यार्थी टीमलाई मंगलबार पुरस्कार वितरण गरिएको छ ।

विजयी खेलाडीका अभिभावकहरुको उपस्थितिमा नेपाली राष्ट्रिय फुटबल टीमका गोलरक्षक विशाल श्रेष्ठले विद्यालयलाई ट्रफि तथा विजयी खेलाडीहरुलाई पदक र प्रमाणपत्र वितरण गरे ।

हाल मछिन्द्र फुटबल क्लवसंग आवद्ध रहेका गोलरक्षक श्रेष्ठले बेबिलोन स्कुलले जितेको ट्रफि प्रिन्सिपल राजु राई तथा भाइस प्रिन्सिपल रीता राईलाई तथा पदक र प्रमाणपत्रहरु विजयी विद्यार्थीलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बेबिलोन एजुकेशन फाउण्डेशनका अध्यक्ष तेज बहादुर राई, बेबिलोन स्कुल सञ्चालक समितिका अध्यक्ष प्रकाश आचार्य तथा विद्यालयका निर्देशकहरुको उपस्थिति थियो ।

कार्यक्रममा विद्यालयको तर्फबाट गोलरक्षक विशाल श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो ।