२१ श्रावण २०८३, बिहीबार
,
Latest
विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ स्वास्थ्य नीतिमा खाद्य स्वच्छता र निरोधात्मक विधिलाई प्राथमिकता दिन सांसद बरालको माग स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक नेपाल प्रहरी श्रीमती संघको वार्षिकोत्सवमा रक्तदान र वृक्षारोपण स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन नयाँ तलबमान लागू, सरकारी कर्मचारीले अब २९ हजारदेखि ९० हजार रुपैयाँसम्म तलब पाउने ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ जना घाइते एसडीजीका धेरै स्वास्थ्य सूचकमा नेपाल ‘ग्रीन जोन’ उन्मुख, मातृ मृत्यु र उपचार खर्च अझै ‘रेड… नेपाल टेलिकमको घोषणा : पौष मसान्तसम्म बक्यौता तिर्दा जरिवाना माफी पेरिसमा अधिकारीका एकल काव्य साँझ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली यही वर्ष पक्राउ पर्दैछन्: मेटमणि चौधरी



file photo
अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गर्नुभएको छ ।

मंगलवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाउनु भयो ।

उहाँले सबै काण्डहरुमा अग्रपंक्तिमा केपी ओलीको नाम आएपनि किन पक्राउ नगरेको ? भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको बताउनु भयो । उहाँले पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद अवरुद्ध गरिहेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भने सारा दुनियाँले विश्वभरका मानिसले नेपालको होइन, यो सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, केपी ओली जोडिसकेको छ, लगायतका जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन् । हामीले गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौँ । केपी ओली चाँडै पक्राउ पर्दैछन्, त्यसकै डरले केपी ओलीले संस्द अवरोध गर्ने बखेडा झिकिरहेका छौँ । यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ । मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्ष अघि बढ्छ ।’

प्रमुख सचेतक चौधरीले आफूले जे बोल्ने त्यो हुने र आफूले बोलेअनुसार नै राजनीतिक कोर्ष अघि बढ्ने ठोकुवा गर्नुभयो ।