१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय छानबिन समिति बनाउने मागबाट एमाले पछि हट्दैन: महेश बर्तौला



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने बताउनुभएको छ ।

मंगलवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले चाहेको भए आज नै संसद अवरोध खुल्न सक्ने भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण संसद खुल्न नसकेको बताउनु भयो । उहाँले सरकार उच्चस्तरीय छानबिन समिति बनाउनका लागि बनिरहेको माहोल बिगार्न लागेको आरोप लगाउनु भयो । सरकारले तस्करहरुको संरक्षण गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एमाले संसद सुचारु हुनुपर्छ भन्ने पक्षमा नै छ तर प्रमुख प्रतिपक्षले उठाएको माग उपयुक्त छैन भनेर सरकार अटेर गरेर बसेको छ । हामीले यो माग उठाइरह्यौँ । हिजो बैठकमा एक प्रकारको उच्चस्तरीय छानबिन समिति बनाउन तयार छौँ भनेर भनेको छ । आज तीन जनाको टिम बनाइएको थियो, त्यसपछि बैठक बोलाइएको थियो, हाम्रो अध्यक्ष ज्युको स्वास्थ्य समस्या पनि भयो, आज त्यो बैठकमा सहभागी हुने स्थिति भएन तर सरकारले चाहेको हुन्थ्यो भने नेकपा एमालेका अन्य नेताहरु सिंहदरबारमै हुनुहुन्थ्यो, सरकार पक्ष आजै तयार भएको हो भने राम्रो हुन्थ्यो ।’

‘सरकार परिस्थिति बिगार्न लाग्दैछ । उच्चस्तरीय छानबिन समिति बनाउनका लागि एमालेका अध्यक्ष बाहेकका अरु नेता पनि थिए । उच्चस्तरीय छानबिन समिति निर्माण नभइकन यो मागबाट नेकपा एमाले पछि हट्दैन । तस्करको संरक्षण गर्ने सरकारको जे कार्यशैली छ, यसको बिरोध कायम राखिरहन्छौँ । यसमा सरकार पूरा गर्ने प्रतिवद्धताका साथ ओर्लिएको छ ।’

सचेतक बर्तौलाले सरकारले गलत बाटोतर्फ राष्ट्रपतिलाई परिचालित गर्दै गइरहेको आरोपसमेत लगाउनु भयो ।