• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

प्रधानन्यायाधीश श्रेष्ठद्वारा शपथग्रहण



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उहाँले सपथ लिनुभएको हो ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुख र विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो ।
साउन १८ मा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजो श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो । संसदीय सुनुवाई समितिको सोमबारको बैठकले प्रधानन्यायाधिशमा उहाँको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।