४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षले सुनियोजित रुपले संसद बैठक अवरोध गर्‍यो: सांसद मगर



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन प्रतिपक्षले सुनियोजित रुपमा संसद बैठक अवरोध गरेको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मगरले प्रतिपक्षले संसद बैठक नियतवश र सुनियोजित रुपमा गरिररहेको बताउनुभएको हो ।

उहाँले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन र ऐन, कानूनहरु निर्माण गर्न नदिनका लागि संसद बैठक अवरोध गरिएको बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्ष दलले सत्तापक्ष हुँदापनि संसद विघटन गरेको र प्रतिपक्ष हुँदा पनि स–सानो कुरामा बखेडा झिकेर बैठक चल्न नदिएको बताउनु भयो । प्रतिपक्षको अवरोधको कारण संसद आफ्नो अधिकार र कर्तव्यबाट बिमुख हुनुपरेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘चाहे सत्तापक्षमा होस् । चाहे प्रतिपक्षमा होस् । एउटा अक्षरको साहारा लिएर उहाँले यो सदनलाई अवरोध पुर्‍याइरहनुभएको छ । एउटा अक्षर ख । ख अक्षरको साहाराले । सत्तापक्ष हुँदाखेरी प्रतिनिधि सभामाथि खड्ग प्रहार गर्ने । प्रतिपक्ष हुँदापनि खडेखडे भएर यो सदन अवरोध गर्ने खालको कुरा भयो । सत्तापक्ष हुँदा पनि सदनमाथि प्रहार । सत्तापक्ष नहुँदा उभिएर साना–साना कुरामा बखेडा झिकेर सदन चल्न नदिने गतिविधि भएका छन् ।’

‘त्यसले गर्दा संसद आफ्नो कर्तव्य, दायित्वबाट बिमुख हुनुपरेको छ । सदनलाई एउटा नियतवश, सुनियोजित तरिकाले अगाडी बढ्न नदिने, जनताको समस्यामा केन्द्रित हुन नदिने, महत्वपूर्ण ऐन, कानूनहरु निर्माण गर्न नदिने भन्नेखालको हो भन्ने हामीलाई लाग्दछ । त्यसकारणले यो कुराको अन्त्य हुनुपर्दछ भन्ने म मेरो धारणा राख्न चाहन्छु । आज अन्त्य हुन्छ भनेको थिए भएनछ । आज पनि त्यही कथा दोहोरिएजस्तो हामीले बुझेका छौँ ।’

उहाँले संसद बैठक सुचारु गर्न सबैको ध्यान जानुपर्ने बताउनु भयो ।