३ जेष्ठ २०८२, शनिबार
,
Latest
हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरणः युएनडिपी उपाध्यक्ष इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय पर्यटन प्रवर्द्धनका लागि मर्स्याङ्दीमा जलविहार परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट साँगामा स्कुल टु ओलम्पिक कार्यक्रम तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा हिमाली क्षेत्रको जोखिम बढ्दो, तथ्यांक अभिलेखीकरणमा जोड दिनुपर्नेमा विज्ञहरुको जोड लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैनः सभापति देउवा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तापक्षले ध्यान नदिँदा संसद बैठक अझै सुचारु हुन सकेन: देवेन्द्र दाहाल



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद बैठक अझै खुल्ने सुनिश्चित नभएको बताउनुभएको छ ।

नेता दाहालले सुन तस्करी छानविनका लागि उच्चस्तरीय समिति बनाउने विषय सत्तापक्षकै कारण अझै निर्णयमा पुगिनसकेकाले संसद बैठक सुचारु हुने कुरा सुनिश्चिन नभएको जिकिर गर्नुभएको हो ।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले प्रतिपक्षलाई सत्तोसराप गर्ने काम नगर्न पनि सरकार र सत्तापक्षलाई आग्रह गर्नुभयो । समयमा आफ्नो काम नगर्ने तर प्रतिपक्षलाई सराप्ने काम सत्तापक्षले गर्न नहुने नेता दाहालको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय अध्यक्ष महोदय, झन्डै एक महिना भइसक्यो । यो सदन अवरुद्ध छ । र, यो सदन अवरुद्ध चाहीँ सत्तापक्षले नै गरेको छ भन्ने हामीले आरोप लगाएका छौं । कारण के त भन्दाखेरी अब लगभग नजिकनजिक उच्चस्तरीय छानबिन समिति बन्दैछ भन्ने कुरा सुनियो । तर पनि त्यो बनिसकेको छैन । त्यसले गर्दा सदन अझै पनि अवरुद्ध नै छ । अव त्यो के हुन्छ ? अझै भन्न सकिँदैन । सयममा हामीले ध्यान दिँदैनौं । त्यसले गर्दाखेरी प्रतिपक्षतिर फर्केर सत्तोसराप गर्ने हाम्रो एउटा प्रचलन छ । त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने मलाई लाग्छ । सम्माननीय अध्यक्षज्यूमार्फत म यो कुरा संवद्ध सबै पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छु । ’

नेता दाहालले सरकारले समयमै ध्यान नदिँदा राष्ट्रिय महत्वका हरेक सवालहरु ओझेलमा पर्ने गरेको बताउनु भयो । बाढि, पहिरोलगायतका पीडितलाई समेत सरकारले समयमै राहत दिन नसकेकोमा उहाँको आपत्ति थियो ।