४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरो हटाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक



फाइल फाेटाे
अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पुर्ण रूपमा सञ्चालनमा आएको छ ।

नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरोले सडक अवरूद्ध हुँदा सवारी साधन सडकमै रोकिएका थिए । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो ।

पहिरो पन्छाएपछि मंगलबार दिउँसोदेखि सडक खुलेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिए । सडक दुवैतर्फ खुलेको उनले जनाए ।