७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.76

Wind: 1.54

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनबाट बाहिरिने अवस्था छैन: माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धनबाट बाहिरिने अवस्था नभएको बताउनुभएको छ ।

मंगलबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै उहाँले सरकारको स्थिरतामा अहिले प्रश्न उठिरहेको भएपनि अहिले तत्काल गठबन्धन बदलिने र आफूहरु गठबन्धनबाट बाहिर निस्कने अवस्था नभएको बताउनुभयो ।

अध्यक्ष नेपालले नेकपा (एमाले) बाट गरेको विद्रोह औचित्यपूर्ण रहेको बारम्बार पुष्टि भएको दाबी गर्नुभयो । प्रतिगमनलाई परास्त गरेको, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको भन्दै उहाँले भन्नुभयो, “हामीले विद्रोह नगरेको भए यी सब काम हुने थिएन ।”