१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

ललितपुरको बालकुमारीमा सुरु भएको बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने बताईएको छ । पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुनसकेको छैन ।

पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गरेपछि केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको टुङ्गो लगाइने बताईएको छ ।

भदौ ७ गतेसम्म चल्ने बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै सङ्गठनको पुनस्गठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा छलफल गरिनेछ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेदन छलफलका लागि पेस गर्नेछन् । समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा देखिएका चुनौती तथा सम्भावनाबारे समेत बहस हुने बताईएको छ ।