२१ श्रावण २०८३, बिहीबार
,
Latest
सुनको मोल तोलामा ८ हजारले वृद्धि उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती जमल डुबानको मुख्य कारण निकास संरचनाको कमजोर क्षमता, दीर्घकालीन समाधानका लागि नयाँ ढल प्रणाली आवश्यक नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने क्रिकेटर कुशल भुर्तेल एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह झापा अदालतमा सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्रमार्फत टुङ्गिए आर्थिक विकास र सुशासनका लागि पारदर्शी लेखा परीक्षण अनिवार्यः परिसंघ अध्यक्ष पाण्डे महालेखा परीक्षकको कार्यालय निजी क्षेत्रमैत्री हुनुपर्छः अध्यक्ष अग्रवाल ‘वित्तीय ऐन–कानून परिमार्जन र बुझाइमा एकरुपता आवश्यक’: महालेखा परीक्षक राया धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशसँग छिट्टै विद्युत् व्यापार सम्झौता: मन्त्री बस्नेत



अ+ अ-

चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा ऋँज् पत्रकारहरुसँग आज कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यसैवर्ष औपचारिक रुपमा घोषणा समेत गरिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “औपचारिकता दिनुपर्ने केही काम बाँकी छन्, त्यो पनि अन्तिम चरणमा आइपुगेको छ । सम्झौतापछि कार्यान्वयनमा जान्छ ।” उहाँले सुख्खा र वर्षा दुवै समयमा नेपाल विद्युत्मा आत्मनिर्भर हुन लागेको बताउनुभयो । “हामी पूर्णरुपमा आत्मनिर्भर बन्दैछौँ, यससँगै सबै समस्याको समाधान हुन्छ”, उहाँले भन्नुभयो ।

वर्षामा विद्युत् बढी उत्पादन हुने र सुख्खायाममा अपुग हुने स्थिति छिट्टै समाधान हुने मन्त्री बस्नेतको दाबी छ । उत्पादन वृद्धि गरेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम हाल भइरहेको उहाँको भनाइ छ । पचास प्रतिशत क्षेत्रमा मात्रै भएको विद्युतीकरणलाई बढाएर ९८ प्रतिशत क्षेत्रमा पुर्‍याएको भन्दै उहाँले हाल देखिएका समस्या छिट्टै समाधान हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “अबको सुख्खा सिजनमा अहिले देखिएका समस्या समाधान भएर जान्छन् । सरकारले एकीकृत योजनाका साथ ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम गरिरहेको छ ।” यससँगै सर्वसुलभ रुपमा विद्युत् व्यापार गर्ने विषयलाई समेत जोडेर एकीकृत योजनाका साथ अघि बढेको मन्त्री बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो “सबैलाई थप प्रभावकारी बनाउनका लागि नीतिगत र कानुन सुधारका काम हामीले गरिरहेका छौं ।” रासस