• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारका आज मंगलबार सुन–चाँदीको मूल्य बढेको छ ।

सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख नौ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।