४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान सुनसान ‘रिहार’ धाम उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो देशभर मनसुनी वायुको प्रभाव कायम प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, १० गते महासभालाई सम्बोधन बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जितुको हास्यव्यंग्य गाईजात्रा २०८० मा देउवाले देश छोडेर जाँदै



अ+ अ-

काठमाडौँ । हास्यव्यंग्य कलाकार जितु नेपालले मुन्द्रेको कमेडी क्लव अपेक्षा गरेअनुसार नचलेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा जितुको हास्यव्यंग्य गाईजात्रा २०८० को बारेमा आयोजित पत्रकार भेटघाटका क्रममा उहाँले सो बारेमा जानकारी दिनुभएको हो । उहाँले दर्शक कम हुनुमा उस्तै कमेडी विधाका अन्य कार्यक्रमहरु बाँडिनु रहेको बताउनु भयो । उहाँले तुलनात्मक रुपमा पहिलाको जस्तै युट्युबमा भ्युअर्समा कमी आएको बताउनु भयो । उहाँले पहिला ठूलो सेटमा कार्यक्रम गर्ने गरेको तर अहिले खुम्चिएर सानो सेटमा कार्यक्रम गर्न बाध्य भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अपेक्षा गरेअनुसारको पहिलो र दोस्रो आइसकेको छैन । कार्यक्रमहरु यस्तै धेरै बाँडिरहेका छन् । तुलनात्मक रुपमा पहिलाको जस्तै युट्युबमा भ्युअर्समा कम छ । ठूलो सेटमा कार्यक्रम गरेको थिएँ, अहिले सानो सेटमा गर्दै जानुपरेको छ । खुम्चिँदै गयौँ । पहिलाको जस्तो अवस्था छैन ।’

उहाँले गाईजात्रामा आफूले राजनीतिक र समसामयिक विषयवस्तुहरु उठान गरेको बताउनु भयो । उहाँले राजनीतिक नेताहरुलाई व्यंग्य गर्ने काममा मात्रै गाईजात्रा सकियो नि ? भन्ने सिने पत्रकारको प्रश्नमा उहाँले गाईजात्रा पहिलाबाट नै राजनीतिक रुपमा व्यंग्य गर्ने गरेको बताउनु भयो । अभिनेता नेपालले अन्य बेलामा अन्य विषय र कलाकारहरुलाई व्यंग्य गर्नसकिने तर राजनीतिप्रति खुलेर व्यंग्य गर्न पाइने एउटै अवसर गाईजात्रा भएकाले पनि नेताहरुलाई बढी व्यंग्य गरेको बताउनु भयो । उहाँले गाईजात्राको भिडियोमा काँग्रेस सभापति शेरबहादुर देउवा देश छोडेर विदेश पलायन भएको विषयवस्तु उठाइएको बताउनु भयो । साथै अन्य नेताहरु पनि देश देशलाई खाल्डोमा हालेर देश छोडेर विदेश पलायन भएको लगायतका विषयवस्तुहरुमाथि व्यंग्य गरिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अरु कुरामा हामीले अरु बेला पनि हासि मजाक गर्न पाउँछौँ । कलाकारलाई रोष्ट गर्ने अरु बेला पनि छन्, गाईजात्रामा नेतालाई नै केन्द्रित गरेको हो । शुरुवात आदरणीय हरि दाई, मदन दाईले पनि राजनीतिलाई नै केन्द्र बनाएर गाईजात्रा गर्नुभएको हो । समग्र कुराको केन्दिबिन्दु राजनीति र नेताहरुसँगै केन्द्रित छ नि त । हामीले सामाजिक विषयवस्तु पनि उठाएका छौँ । पुण्य गौतमजीहरुलाई व्यंग्य गरेर केही हुँदैन, उहाँहरुले सरकारी पदमा बसेर कुनै केही बिगार्नुभएको छैन । राजनीति बिग्रियो है भनेर गाईजात्राबाट भनेका हौँ । शेरबहादुर देउवाजीमात्रै होइन सबै विदेश जाँदै हुनुहुन्छ, हाम्रो गाईजात्रामा ।’

कार्यक्रममा वरिष्ठ हास्य कलाकार सुरेन्द्र केसी (मुला साग) ले मुन्द्रेको कमेडी क्लव बिस्तारै मैदानमा खरो उत्रिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मुन्द्रको कमेडी क्लव चलिरहेको छ । उ खेलाडी हो, मैदानमा छ, कति फल भए, कति गोल भए, कति प्रयास भए, कति असिस्ट भए । तर मैदानमा नै छ उ, मैदानबाट भागेको छैन ।’

गाईजात्रा २०८० नजिकिएसँगै कलाकारहरु हास्यव्यंग्यमार्फत समाज, देश र विदेशका राजनीतिक, समसामयिक विषयवस्तुमाथि व्यंग्यात्मक कार्यक्रम लिएर आउन थालेका छन् । गाईजात्राको अवसरमा हरेक वर्ष कलाकारहरुले आफ्ना व्यंग्यात्मक प्रश्तुती दर्शक र श्रोतामाझ पस्किँदै आएका छन् ।