काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रणबाट आज (सोमबार) १३९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।
मन्त्रालयका अनुसार विभिन्न समयमा मृत्यु भएर तथ्यांक आउन छुटेकाले आज १३९ जनाको तथ्यांक सार्वजनिक गरिएको हो ।
यसअघि पनि कोभिड संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेना र स्वास्थ्य मन्त्रालयको तथ्यांकमा एकरुपता हुन सकेको थिएन ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७४ जना संक्रमितले ज्यान गुमाएका छन् । जसअनुसार नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।
यो पनिःसोमबार ९ हजार बढीमा संक्रमण पुष्टि, १३९ जनाको मृत्यु











