८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज
अ अ+ अ-

जुम्ला। कृषि विकास कार्यालय जुम्लाले सिँचाइका लागि पक्की कुलो निर्माण गरेपछि यहाँका किसानलाई सहज भएको छ ।

कार्यालयले तिला गाउँपालिका-४ मा रु १४ लाख २८ हजार अनुदान रकम र तीन लाख ७२ हजार अनुदानग्राहीको सहभागितामा उपभोक्ता समितिबाट पक्की सिँचाइ कुलो निर्माण गरिएको हो ।

पक्की कुलो र ट्याङ्की निर्माण भएपछि यहाँका एक सयभन्दा बढी किसान लाभान्वित भएका कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार तातोपानी गाउँपालिका-१ मा रु १४ लाख ४० हजार अनुदानमा पक्की कुलो निर्माण सम्पन्न भएको छ । खेतमा कृषि सिँचाइ पक्की कुलो निर्माण भएपछि उक्त वडाका करिब ४२५ जना लाभग्राहीलाई सहज भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, कार्यालयले स्याउ ओखर विकास कार्यक्रमअन्तर्गत तातोपानी-५ स्थित एैरेनीमा रहेको घराला तरकारी उत्पादन उद्योगलाई स्याउका बिरुवा खरिद, खाडल खन्ने, पानी तान्ने मोटर र बगैँचा घेराबारमा रु पाँच लाख ५२ हजार अनुदान प्रदान गरेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

पातारासी-६ मा कार्यालयले तरकारी सिँचाइ प्रवद्र्धन कार्यक्रम, नर्सरी स्थापना तथा व्यवस्थापन र नौमुडे बहुद्देश्यीय कृषि फार्मलाई पनि अनुदान वितरण गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख गैरीनन्द आचार्यले कार्यालयबाट प्राप्त गरेका अनुदानका ठूला योजनाको दीर्घकालीन रूपमा कार्यान्वय गर्नका लागि थप जिम्मेवारी भएर कार्यालयले गुणस्तरीय काम गर्ने आवश्यक रहेको बताउनुभयो ।

पक्की कुलो निर्माण भएपछि मार्सीधान लगाएको खेतबारीमा सिँचाइ गर्ने सहज भएको तातोपानी गाउँपालिका-१ का स्थानीय कलबहादुर कठायतले जानकारी दिनुभयो ।

चालु आवभित्र सम्पन्न भएका कृषि विकास कार्यालयका तिला, तातोपानी र पातारासी गाउँपालिकामा निर्माण सम्पन्न भएका विभिन्न योजना कार्यक्रमको सरोकारवालबाट संयुक्त रुपमा सोमबार अनुगमन गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको ।  रासस