२१ श्रावण २०८३, बिहीबार
,
Latest
धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट कालासागरको सुरक्षा जोखिमका बीच टर्कीका जलमार्गबाट ६ महिनामा ४० हजारभन्दा बढी जहाजको आवतजावत चीनद्वारा समुन्द्री सतहबाट दुई उपग्रहको सफल प्रक्षेपण यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य कांग्रेसको नीति प्रतिष्ठानमा थप ६ उपसमिति गठन बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने धनुषामा गतआवमा ५७ किमी सडक ढलान नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको केन्द्रीय कमिटीको बैठक बस्दै



file photo
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ । पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुनसकेको छैन ।

पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गरेपछि केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको टुङ्गो लगाइने महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही भदौ ७ गतेसम्म चल्ने बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै सङ्गठनको पुन:गठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा छलफल गरिने छ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेदन बैठकमा छलफलका लागि पेस गर्नुहुने जनाइएको छ । ती दुवै प्रतिवेदनमा आवश्यक सुझावसहित परिमार्जन गरिने छ । समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा देखिएका चुनौती तथा सम्भावनाबारे समेत बैठकमा बहस हुने महासचिव भुसालले बताउनुभयो । रासस