२३ असार २०८३, मंगलवार
,
Latest
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई खेमामा विभाजित भए जसपा



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गर्नुभएको विश्वासको मतको विपक्षमा मतदान गरेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर समुहका सांसहरु तटस्थ बसेका छन् ।

विश्वासको प्रस्तावमाथिको छलफलको क्रममा जसपाका अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिदै सबै मुुद्दा फिर्ता लिईदिन माग गर्नुभएको थियो । उहाँले संविधानमा सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै आफुले संविधान संसोधनको मागलाई नछोडेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको पक्ष वा विपक्षमा नरहेको भन्दै तटस्थ बस्ने संकेत गर्नुभएको थियो ।

यता अर्को अध्यक्ष उपेन्द्र महतो भने वर्तमान सरकारको कार्यशैली विरुद्ध कडा ढंगमा प्रस्तुत हुनुभएको थियो । उहाँले मधेस र मधेसी जनता विरोधी प्रधानमन्त्री ओली पछिल्लो समय केही मधेशीलाई फकाउने काममा लागेको टिप्पणी गर्नुभयो । मधेस आन्दोलनमा मानिसहरु मारिदाँ प्रधानमन्त्रीले दुईचार वटा आअँप झरेको टिप्पणी गरेको भन्दै प्रश्न गर्नुभयो “त्यो बेला उहाँ(प्रधानमन्त्री केपी शर्मा ओली) को अभिव्यक्ति के थियो ? दुई चार वटा आँप झरेको हो । अहिले त्यही आँप खुवाउनुहुन्छ मधेशीहरुलाई ?”

एउटै पार्टीका अर्का अध्यक्ष ठाकुर विश्वासको प्रस्तावमा तटस्थ बस्ने धारणा राख्नुभएको थियो भने यादवले भने विपक्षमा उभिए बताउनुभएको थियो । उहाँले भन्नुभयो “संसद असंवैधानिक तरिकाले विघटन गरिदिनुभयो । जनता सडकमा आए । सर्वोच्चले पुनस्थापित गरिदियो । जुन संसदमा विश्वास छैन । कसरी मत दिने ?”