२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेतृत्वको सरकारले नै नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याएको हो: ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याउन आफू नेतृत्वको सरकारको योगदान रहेको दाबी गर्नुभएको छ ।

आफूले प्रधानमन्त्री भएका बेला अप्टिकल फाईबर र केबल कार बिछ्याउने कामदेखि सबै जिल्लाहरुमा फोरजी सेवा उपलब्ध गराउने अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा नेपाल अलिक बलियो भएको ओलीको भनाई थियो । सांस्कृतिक समाज, नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बोल्दै ओलीले नेपालको सञ्चार क्षेत्रलाई अझै सुदृढ बनाउन जरुरी रहेको समेत बताउनु भयो ।

उहाँले नेपालको सुदूरपश्चिम क्षेत्रलाई इतिहास, राजनीतिक, सांस्कृतिक क्षेत्रको जागरणको उद्गम क्षेत्रको रुपमा चित्रण गर्दै अब यो क्षेत्र पछाडि परिरहन नसक्ने बताउनु भयो । दुर्गम सुदूरपश्चिम क्षेत्रको कमजोरी भएपनि अब त्यसलाई कनेक्टिभिटीको माध्यमबाट हटाउने कामले तिब्रता पाएको उल्लेख गर्दै अध्यक्ष ओलीले सो ठाउँ अब सहज ढंगले अघि बढने बताउनु भयो । उहाँले त्यहाँको देउडा संस्कृति हरेक नेपालीको आफ्नै संस्कृति भएको पनि बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘सुुदूरपश्चिम प्रदेश सधैं पछाडि परिरहन सक्दैन । आज सुदूरपश्चिम पनि कर्णाली, काली कर्णाली, यो प्रदेश, यो भेग पनि पछाडि परेको छ । तर यो सधैं पछाडि पर्न सक्दैन । किनभने स्रोतहरुको हिसावले, अनेक हिसावले यसको कमजोरी भनेको एउटा दूर्गमता मात्रै हो । अब त्यस दुर्गमतालाई हामीले अनेक प्रकारका कनेन्टिभिटीहरु बाटाको कनेक्टिभिटी, हवाई यातायातको कनेक्टिभिटी, अब बिस्तारै हामीले केवल कारका कनेक्टिभिटी, अहिले सञ्चारका कनेक्टिभिटी आदिबाट हामी जोडिईसकेका छौं । र, अरु कनेक्टिभिटी पनि हामीले जोड्नु छ ।

म प्रधानमन्त्री भएकै समयमा अप्टिकल फाईबर र केवल कार बिछ्याउने कामहरुदेखि लिएर सबै सबै जिल्लाहरुमा फोरजी सेवा उपलब्ध गराउने त्यो अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा हामी अलिक बलिया भएका छौं । अझै यसलाई सुदृढ गर्न जरुरी छ । सुदूरपश्चिम एउटा इतिहास बोकेको ठाउँ हो । संस्कृति बोकेको ठाउँ हो । कला बोकेको ठाउँ हो । राजनीतिक जागरणको हिसावले अन्यत्र कहीँ भन्दा दशरथ चन्दका हजुरबुबाहरु जंगबहादुर राणाले १९०३ मा कोतपर्वबाट कब्जा गरेपछि नै दशरथ चन्दका हजुरबुबाहरुले नै विद्रोहको आगो सल्काउनु भएको थियो । त्यसैबेला । राणा शासनको विरोध गर्दै केही निर्वासनमा जानु भएको थियो । पहिलो सहिदको हिसावमा सुदूरपश्चिम, राजनीतिक जाँगरणको हिसावमा पहिलो सुदूरपश्चिम । अहिले पनि त्यहाँको देउडा गीत । हर नेपालीको गीत हो ।’

त्यस अवसरमा अध्यक्ष ओलीले सुदूरपश्चिम क्षेत्रले नै नेपालको राणा शासन अन्त्यका लागि विगुल फुकेको पनि स्मरण गराउनुभएको थियो । कार्यक्रममा देउडा संस्कृति झल्कने खालको सांस्कृतिक कार्यक्रम प्रर्दशन गरिएको थियो ।