• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव २८ मा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५० अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ६२ मा सीमित भएको छ । कूल ४१ लाख ६३ हजार आठ सय ७२ कित्ता शेयर रु एक अर्ब ४० करोड ८९ लाख ८१ हजार छ सय एक मूल्यमा कारोबार भएको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड दुई लाख ४७ हजार दुई सय ३४ मूल्यमा कारोबार भयो । यस्तै, आइएमई लाइफ इन्स्योरेन्स रु पाँच करोड ८३ लाख ७७ हजार दुई सय ८८, सोल्टी होटल रु पाँच करोड ७८ लाख ६१ हजार नौ सय ५०, घोराही सिमेन्ट रु पाँच करोड छ लाख १२ हजार चार सय ६१ र हिमालयन डिस्टिलरी रु चार करोड ४२ लाख ३५ हजार दुई सय तीन बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, लक्ष्मी लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामलिङ पावर कम्पनी पाँच दशमलव १८,सुपर मादी हाइड्रोपावर तीन दशमलब ८२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ९० प्रतिशतले कमाएका छन् ।

यस्तै, मेछ्यान हाइड्रोपावर सात दशमलव ९९, हिमालयन पावर पार्टनर पाँच दशमलव ७७, कृषि विकास बैंकको ऋणपत्र पाँच दशमलव ५९, भूगोल इनर्जी पाँच दशमलव १६ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब शुन्य चार प्रतिशतले गुमाएका छन् । रासस