२० श्रावण २०८३, बुधबार
,
Latest
जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव २८ मा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५० अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ६२ मा सीमित भएको छ । कूल ४१ लाख ६३ हजार आठ सय ७२ कित्ता शेयर रु एक अर्ब ४० करोड ८९ लाख ८१ हजार छ सय एक मूल्यमा कारोबार भएको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड दुई लाख ४७ हजार दुई सय ३४ मूल्यमा कारोबार भयो । यस्तै, आइएमई लाइफ इन्स्योरेन्स रु पाँच करोड ८३ लाख ७७ हजार दुई सय ८८, सोल्टी होटल रु पाँच करोड ७८ लाख ६१ हजार नौ सय ५०, घोराही सिमेन्ट रु पाँच करोड छ लाख १२ हजार चार सय ६१ र हिमालयन डिस्टिलरी रु चार करोड ४२ लाख ३५ हजार दुई सय तीन बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, लक्ष्मी लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामलिङ पावर कम्पनी पाँच दशमलव १८,सुपर मादी हाइड्रोपावर तीन दशमलब ८२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलव ९० प्रतिशतले कमाएका छन् ।

यस्तै, मेछ्यान हाइड्रोपावर सात दशमलव ९९, हिमालयन पावर पार्टनर पाँच दशमलव ७७, कृषि विकास बैंकको ऋणपत्र पाँच दशमलव ५९, भूगोल इनर्जी पाँच दशमलव १६ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब शुन्य चार प्रतिशतले गुमाएका छन् । रासस