६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रदीप गिरी माक्र्सवादी हुनुहुन्थ्यो: घनश्याम भुसाल

प्रदीप गिरी माक्र्सवादी हुनुहुन्थ्यो: घनश्याम भुसाल
अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपाली काँग्रेसका नेता तथा पूर्वसांसद स्वर्गिय प्रदीप गिरी माक्र्सवादी भएको बताउनुभएको छ ।

सोमवार स्वर्गिय गिरीको प्रथम स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गिरी माक्र्सवादी भएको र उहाँले संसारका सारा समस्या माक्र्सवादमा देखेको बताउनु भयो । माक्र्सवादको विषयमा जान्ने एशियाकै केही मान्छेहरु भित्रमा प्रदीप गिरी पर्ने उहाँले बताउनु भयो । गिरीको प्रजातान्त्रिक समाजवाद, माक्र्सवाद, स्वतन्त्रताको व्याख्यामा श्रमजिविका प्रति नि:शर्त प्रतिवद्धता बाहेक अरु केही नभएको उहाँले बताउनु भयो । गिरीको जीवनमा बोल्ने र गर्ने कुराको तादाम्यता पनि मिलेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘हाम्रो पार्टीमा मसँग सोधियो काँग्रेसलाई ल्याएर माक्र्स पढाउने भन्नेखालको कुरा भयो । मैले भनेको थिएँ, मैले सोचेरै भनेको, अहिलेपनि त्यो उत्तरका प्रति मलाई कुनै पश्चाताप छैन । मैले के भनेको थिएँ भने माक्र्सको बारेमा जान्ने एसियामा प्रदिप जत्तिको कतिजना मान्छे छन् ? सोचौँ । मैले हाम्रो नेतालाई उत्तर दिएको थिएँ । एसियामा कतिजना मान्छे छन् ? औँलामा गन्न सक्ने मान्छे होलान भनेको थिएँ । म आफूले त्यसरी बुझ्थेँ । उहाँ कति माक्र्सवादी हुनुहुन्थेन भनेर कसैले भन्छ भने त्यो एउटा कुरा हुनसक्छ । नत्रभने देखि उहाँले कबुल गरेको कुरा हो कि उहाँ माक्र्सवादी हुनुहुन्थ्यो ।

उहाँले आजसम्मका जिन्दगीका, संसारका सारा समस्याको समाधान माक्र्समा देख्नुहुन्थ्यो । र स्वयं माक्र्समा पनि केही समस्याहरु देख्नुहुन्थ्यो । त्यसको खोजीका लागि भौतारिइरहनु भएको थियो । मैले बुझेको प्रदिप गिरी यही हो । यो कुरा उहाँले नै बोलेको कुरा हो । कयौँ माक्र्सवादीहरुले माक्र्सको खोल मात्रै ओढेर गैरमाक्र्सवादी भइरहेको बेलामा, अर्कै बाटो लिइराखेको यो युगमा प्रदिप गिरी त्यो अबिभाजित व्यक्तित्वको मान्छे हो जसको भन्ने र गर्ने कुरा सामान्यतया त्यति नजिक । बोल्ने र गर्ने एउटै गर्नु भनेको जिन्दगीको असाधारण उपलब्धि हो जस्तो लाग्छ । मैले देख्दा प्रदिप गिरि त्यो अबिभाजित व्यक्तित्वको मान्छे हुनुुहुन्थ्यो । उहाँको प्रजातान्त्रिक समाजवाद, माक्र्सवाद, स्वतन्त्रता यो सारा कुराको व्याख्या श्रमजीविका प्रति नि:शर्त प्रतिवद्धताबाहेक केही पनि थिएन भन्ने म असाध्यै प्रष्ट छु ।’

उहाँले प्रदीप गिरी जीवित रहँदा आफूलाई बौद्धिक रुपमा सुरक्षित छु जस्तो लाग्ने गरेको र अहिले त्यस्तो सुरक्षित महशुस नभएको बताउनु भयो ।