काठमाडौ । प्रधानमन्त्री केपी ओलीले संसदमा बिश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि गृहकार्य जारी रहेको बेला एमालेका बरिष्ठ नेता माधब नेपालसंग काग्रेस सभापति शेरबहादुर देउवा शशकित हुनु भएको छ ।
प्रधानमन्त्री ओलीलाई कुनैपनि सर्तमा सत्ताच्यूत गराउन कस्सिनुभएका नेता नेपालले देउवाको पक्षमा स्पष्ट बहुमत पुर्योउनका लागि आफू निकट सबै सांसदको राजीनामा गराउने बचन देउवा र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिनु भएको थियो ।सोमबार संसद सुरुहुनु अगावै राजीनामाको प्रतिक्षा गरिरहेका देउवा र दाहाल संसद मात्र बहिष्कार गर्ने नेपालको निर्णय पछि झस्किएका हुन् ।
सासंदहरुको राजीनामा गराउने भन्दै सिहदरबारमा भएको छलफलमा नेता भीम रावल बाहेक अधिकासं सांसदहरु सामूहिक राजीनामाको लागि तयार नभएपछि नेपालले मध्यमार्गी बाटो भन्दै संसदमा उपस्थित नहुने निर्णय गर्नुभएको थियो । छलफलमा नेताहरु सुरेन्द्र पाण्डे , धनश्याम भुषाल,योगेश भट्टराई , गोकर्ण बिष्ट लगायतले नेता ओलीको कदम बिरुद्ध उभिने नाममा नेपालको गलत कदमलाई साथ दिन नसकिने बताएपछि नेपाल अप्ठारोमा पर्नुभएको थियो ।
नेपाल निकट नेताहरुको निर्णय सार्बजनिक भएलगत्तै " कम्युनिष्टहरुले बिश्वास नै छैन माधब नेपालले धोका दिने भन्दै" शेरहादुर देउवा आक्रोशित हुनु भएको उहाँ निकट एक नेताले न्यूजपोलारलाई जानकारी दिनुभयो ।
२८ सासंदले राजीनामा गरेको पत्र आफनो हातमा नपर्दा सम्म बिश्वास गर्न नसकिने भन्दै देउवाले माओबादी अध्यक्ष दाहाल संग गुनासो गर्नुभएको थियो । देउवाको शंका पछि संसदभबन बाट बाहिरिएपछि नेता नेपाल दाहाल बीच आगामी रणनीतिका बारेमा छलफल भएको थियो । नेता नेपालले कुनै न कुनै परिस्थिती सृजना गरेर जसरी पनि राजीनामा गराउने भन्दै देउबाको हातमा पत्र बुझाउने प्रतिबद्धता जनाउनु भएको श्रोतले जनाएको छ ।
उता नेपाल समूहका प्रभाबशाली सदस्यहरु भने अध्यक्ष ओली समूह संग निरन्तर सम्वादमा रहेका छन् । उनिहरुले पार्टीको व्हिप उल्लंघन गरेको आरोपमा कारबाही नगर्न आग्रह गर्दे सामूहिक राजीनामा नगर्ने त्यसलाई सकेसम्म रोक्न प्रयास गर्ने जानकारी गराएका थिए । उनिहरुले अब पार्टी भित्रको बिवाद बढाउन नहुने भन्दै वार्ताका लागि समेत बाताबरण बनाउन सुझाब दिएका थिए । संसदमा जनता समाजबादी पार्टीका महन्थ ठाकुर पक्ष तटस्थ बसेको देउवाको बारेमा पनि तटस्थ बस्ने अबस्था देखिएको र नेपाल समूहका सांसदको राजीनामा नआए गठबन्धन सरकार बन्न नसक्ने अबस्था प्रति देउवा सचेत देखिनु भएको छ ।
देउवा निकट नेता भन्छन् प्रधानमन्त्रीका लागि देउवाजी भन्दा पनि बढी तातो माधबजीलाई छ तर आफू निकटमा सांसदको राजीनामा गराउन सक्नु भएको छैन । नयाँ सरकार कसरी बन्छ अझै अन्योल नै छ ।











