१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती भोटेकोशीमा बाढीको जोखिम कायमै पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम खराबीका कारण प्रधानमन्त्री सुर्खेतमै अड्किएपछि सर्वदलीय बैठकको समय सर्‍यो



अ+ अ-

काठमाडौं । संसदको अवरोध खुलाउनेबारे सहमति जुटाउन बस्न लागेको राष्ट्रिय मान्यता प्राप्त दलको बैठक समय परिवर्तन भएको छ ।

दिउँसो ४ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको बैठक साँझ ७ बजेको लागि सारिएको हो ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा सुर्खेत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मौसम खराबीका कारण फर्किन ढिलाइ हुँदा बैठकको समय परिवर्तन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आईरहेको छ ।

प्रधानमन्त्रीले समाधानको उपाय खोज्न राष्ट्रिय मान्यता प्राप्त दलका नेतासँग छलफल सुरु गरेका थिए । आइतबार बसेको बैठक बिना निष्कर्ष टुङ्गिएपछि आजलाई बैठक तय गरिएको थियो ।