२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणदीपले फिल्मका लागि चार्ल्स शोभराजलाई काठमाडौँमा भेटेका थिए



अ+ अ-

एजेन्सी । २० अगस्ट १९७६ मा जन्मिएका बलिउड अभिनेता रणदीप हुड्डाले आइतबार आफ्नो ४८ औं जन्मदिन मनाएका छन् । रणदीप बलिउडमा आफ्नो क्यारेक्टरलाई उत्कृष्ट रुपमा निभाउने कलाकारका रुपमा परिचित छन् ।

चाहे ‘हाइवे’को किडन्यापर महावीर भाटी होस्, ‘सरबजीत’को भावनात्मक पात्र होस् वा ‘बागी २’ मा कमेडी भूमिका, रणदीपले प्रत्येक पात्रलाई पहिले आफूले अनुभव गरे र त्यसपछि दर्शकसामु प्रस्तुत गरे ।

२०१५ मा फिल्म ‘मै और चार्ल्स’मा रणदीपले बिकिनी किलर भनेर चिनिने चार्ल्स शोभराजको भूमिका निभाएका थिए । चार्ल्सलाई नजिकबाट चिन्नका लागि रणदीपले चलचित्रका निर्देशक पी. रमनलाई काठमाडौँ जेलमा रहेका चार्ल्स शोभराजलाई भेट्न आग्रह गरे । निकै मिहिनेतपछि रणदीपले १० मिनेट चार्ल्स शोभराजलाई भेट्ने मौका पाए ।

ई–टाइम्सलाई दिएको अन्तर्वार्तामा रणदीपले चार्ल्स आफूबाट सात फिट टाढा रहेको बताए । ‘जब म उसको नजिक पुगेँ, उनले मलाई चिनेनन् । त्यसपछि मैले उनलाई आफ्नो र फिल्मको बारेमा भनेँ । उनले मलाई फिल्मको लागि शुभकामना दिए । मैले पात्रको लागि कहाँबाट तयारी गरें भनेर पनि उनलाई चासो लाग्यो । मैले तपाईको उपलब्ध भिडियोहरूबाट यसको लागि तयारी गरेको छु भनेँ । उनले फिल्मको पोस्टरमा अटोग्राफ समेत दिए ।’