२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित
(सांकेतिक तस्बिर)
अ अ+ अ-

भजनी । कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको छ । उनीहरुलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता छ । अस्पतालमा जनशक्तिको अभाव हुँदा भेन्टिलेटर चल्दैनन् भने अक्सिजनको जताततै हाहाकार छ । भेन्टिलेटर नचलेपछि उपचारका लागि भर्ना भएका बिरामीले भेन्टिलेटर हेरेर ज्यान गुमाउनु परिरहेको छ ।

पछिल्लो दुई दिनमा मात्रै टीकापुर अस्पतालमा १४ जनाले ज्यान गुमाएका हुन् । अस्पतालमा दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएपछि २२ जनाले ज्यान गुमाइसकेका छन् । टीकापुर नगरपालिका–१ का ४५ वर्षीय एक पुरुष चार दिनदेखि अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँमा सुधार नभएपछि आफन्तले भेन्टिलेटरको खाजी गरेर कोहलपुर लैजाने निणर्य गरे । भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने उहाँलाई उच्च उपचारकक्षबाट एम्बुलेन्समा राख्दै गर्दा आइतबार उहाँको ज्यान गयो ।

“भेन्टिलेटर हुँदासमेत हामीले उपचार पाएनौँ । उपकरण भएर पनि त्यसको प्रयोग नहुँदासम्म कुनै काम नहुँदोरहेछ । आफन्तलाई अकालमै गुमायौँ”, उहाँका एक आफन्तले भन्नुभयो, “उपचारकक्षमा राखिएका तिनै भेन्टिलेटर हेरेर बिरामीले ज्यान गुमाइरहेका छन् । भेन्टिलेटर उपलब्ध गराउने सरकारले जनशक्ति दिन किन कन्जुस्याइँ गरेको होला रु”

कोरोना सङ्क्रमितलाई उपचार गर्ने भन्दै टीकापुर अस्पतालमा स्थापना भएको भेन्टिलेटरसहितको आइसीयू जनशक्तिको अभावमा प्रयोगविहीन भएपछि बिरामी ज्यान गुमाउन बाध्य छन् । एनेस्थेसिया र फिजिसियनको अभावमा सातवटा भेन्टिलेटरसहितको आइसीयू प्रयोगविहीन जस्तै बनेको छ । अस्पतालले लामो समयदेखि एनेस्थेसिया र फिजिसियनको माग गर्दै आएको भए पनि व्यवस्था हुन नसक्दा आइसीयू र भेन्टिलेटरमा भर्ना गरेर उपचार गर्नुपर्ने कोरोना सङ्क्रमित उपचार नपाएर ज्यान गुमाइरहेका छन् ।

अस्पतालले हाल २० शय्याको एचडीयू ९उच्च उपचारकक्ष० स्थापना गरेर कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा रेमकुमार राईले अस्पतालमा उपलब्ध जनशक्ति, स्रोत साधनको प्रयोग गरेर उपचार गरिरहेको बताउनुभएको छ  । “आंशिकरूपमा भेन्टिलेटर हामीले चलाइरहेका छौँ, हामीले लिएको तालिमका आधारमा उपचार भइरहेको छ”, डा राईले भन्नुभयो, “एनेस्थेसियोलोजिष्ट भएको भए भेन्टिलेटर ट्युबको प्रयोग गरेर कृत्रिम श्वास दिएर उपचार गर्न सकिन्थ्यो । एनेस्थेसिया नहुँदा भेन्टिलेटर चलाउन सकिएको छैन । उपकरण भएर पनि जनशक्ति नहुँदा बिरामीलाई जोगाउन मुस्किल हुन थालेको छ ।”

आइसीयू सञ्चालनमा आउन नसक्दा कोरोना सङ्क्रमितलाई थप उपचारका लागि धनगढी र नेपालगञ्ज पठाउनुपर्ने बाध्यता छ । ती ठाउँमा रहेका अस्पतालमा समेत कोरोना सङ्क्रमितले सहजरूपमा उपचार पाउन नसक्दा ज्यान गुमाउनुपर्ने अवस्था आएको हो । स्थानीयवासीले जनशक्तिको व्यवस्थापन गरेर भए पनि तत्काल आइसीयू सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन् । अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जनशक्तिको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेको भन्दै आइसीयू सञ्चालनका लागि स्थानीय तहसँग निरन्तर समन्वय गर्दा पनि सफल हुन नसकेको बताउनुभयो ।

“गत वर्षदेखि नै एनेस्थेसिया माग्दै आएका छौँ, आफू पनि खोजिरहेका छौँ तर पाउन सकेका छैनौँ”, अध्यक्ष रावलले भन्नुभयो, “सङ्घीय मन्त्रालयका मन्त्री, प्रदेश सरकारका मन्त्रीदेखि सबैलाई भन्दाभन्दै थाकिसक्यौँ,  स्थानीय सरकारले पनि सुनुवाइ गरेको छैन । अहिले त फोन पनि उठ्दैन ।” अध्यक्ष रावलले अस्पतालमा भएका पूर्वाधारको प्रयोग गर्ने जनशक्ति नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनु परिरहेको गुनासो गर्नुभयो ।

कैलालीको पूर्वी क्षेत्रका टीकापुर, लम्कीचुहा र भजनी नगरपालिकाका साथै जानकी, जोशीपुर, बर्दगोरिया, मोहन्याल गाउँपालिका र छिमेकी बर्दिया जिल्लाको पश्चिमी भेगका पालिकाका बासिन्दाले उपचार सेवा लिँदै आएको यस अस्पतालले विगत लामो समयदेखि नै जनशक्ति अभाव भोग्दै आएको छ । अस्पतालले स्थानीय सरकारसँग आइसीयू सञ्चालनका लागि सर्वदलीय छलफलसमेत गरेको थियो । छलफलमा जनप्रतिनिधि सकारात्मक देखिए पनि छलफलपश्चात भने जनप्रतिनिधिबाट कुनै प्रतिक्रिया नआएको अध्यक्ष रावल बताउनुहुन्छ ।

कोरोनाको सङ्क्रमणका कारण स्थिति नियन्त्रण बाहिर जान थालेपछि जानकी गाउँपालिकाले एनेस्थेसियालोजिस्टका लागि माग गरेको छ । सोमबार कार्यपालिकाको बैठकले अस्पतालका लागि गाउँपालिकाले खर्च व्यवस्थापन गर्ने गरी निर्णय भएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताउनुभयो । उहाँले पहिले पनि अस्पतालसँग समन्वय भए पनि अन्य पालिकासँग पनि समन्वय भइरहेका कारण निर्णय गर्न ढिलाइ भएको बताउँदै एनेस्थेसियाका लागि खर्च हुन आउने रकम गाउँपालिकाले खर्च गर्ने बताउनुभयो ।

दश विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल पाँच जना मात्रै कार्यरत छन । तीमध्ये तीन करारमा कार्यरत छन् । अध्यक्ष रावलले सुदूरपश्चिम प्रदेश सरकारसँग तत्काल दुई मेडिकल अधिकृत र १५ स्टाफ नर्सको माग गरेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले हाल सात जना मेडिकल अधिकृत खटाएको छ ।