काठमाडाैं चीनको हाङझावमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको उपचारका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् र ब्लुक्रस हस्पिटल प्रा.लि. बीच सम्झौता भएको छ ।
तालिम तथा प्रशिक्षण विभागका प्रमुख एवं १९ औं एसियाली खेलकुद तयारी समितिका सचिव प्रचण्ड शर्मा र ब्लु क्रसकी वित्तिय तथा प्रशासनिककी निर्देशक सतिदेवी गौतम सिंहले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो । ब्लु क्रस हस्पिटलले सहुलियत दरमा एसियाड टोलीलाई उपचार सेवा उपलब्ध गराउने छ । सम्झौता २०२३ नोभेम्बर ८ तारिखसम्म कायम रहने छ ।
कार्यक्रममा प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख दोबे तामाङ, ब्लु क्रसका श्रीप्रसाद तिवारी र सन्ध्या केसीलगायतको उपस्थिति रहेको थियो ।