• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाई आज



काठमाडौँ । प्रश्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई आजदेखि शुरु हुने भएको छ ।

आईतवार बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाईका लागि सोमवार बिहान साढे ११ बजे बोलाउने निर्णय गरेको हो ।

सोमवार बिहान साँढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको पनि सुनुवाई गर्ने बताईएको छ । प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठबिरुद्ध ३ वटा उजुरी परेका छन् ।

संसदीय सुनुवाइका क्रममा उनले आफनो योग्यता, अनुभव, कार्ययोजना र अवधारणा प्रस्तुत गर्नेछन् । संसदीय समितिले सबै विषय वस्तुबारे जानकारी लिएपछि उनको नाम अनुमोदन गर्ने वा नगर्ने भनी निर्णय गर्ने जनाइएको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण गत साउन २० गते अवकाश पाएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संसदीय सुनवाई समितिले प्रश्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।